पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने बैँक – नबिल

पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने बैँक – नबिल
+
-

काठमाडौँ– बैंक तथा वित्तीय संस्थाहरुमध्ये विगत पाँच वर्षदेखि सरकारलाई सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंकले आफ्नो पकड जमाउँदै आएको छ। बैंकले उक्त पकड आर्थिक वर्ष २०७५/०७६ मा पनि छाडेन। गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी आयकर तिर्ने करदाता नबिल बैंक बन्यो।

गत आर्थिक वर्षमा नबिल बैंकले सरकारलाई करिब डेढ अर्ब बराबरको आयकर बुझाएको नबिल बैंकका नायव महाप्रबन्धक मनोजकुमार ज्ञवालीले जानकारी दिए।

‘हामीले आयकर डेढ अर्ब तिर्‍यौँ। यो वर्षको नाफा हेर्दा त्योभन्दा बढी नै तिर्छौँ। हामी एक त्रैमासिकमा करिब ४० करोड रुपैयाँ बराबरको कर तिर्छौँ। यसै लयमा गयो भने अर्को वर्ष डेढ अर्बभन्दा बढी कर तिर्छौँ,’ उनले भने।

उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्बभन्दा बढीको खुद नाफा भएको बताए। संस्थाको सुशासन तथा ग्राहकहरुको विश्वासका कारण बैंकको नाफा उच्च रहेको उनको भनाइ छ।

उनले भने, ‘कर तिर्ने भनेको नाफासँग सम्बन्धित हुन्छ। सबै बैंक तथा वित्तीय संस्थाहरुले ३० प्रतिशतका दरले नै कर तिर्ने हो। हामीले एडभान्समा ट्याक्स तिरेका हौँ। हाम्रो गत वर्षको अडिट फाइनल भएको छैन। तर पनि हामीले करिब डेढ अर्ब कर तिरेका हौँ।’

अन्य बैंकको तुलनामा नबिल बैंकका ग्राहकहरु सन्तुष्ट भएकाले पनि सफल भएको उनको भनाइ छ। ‘अरु बैंकले नाफा कमाए पनि ग्राहकको गाली धेरै देखिन्छ,’ उनले भने, ‘अरु बैंकको तुलनामा नबिलका ग्राहकहरु सन्तुष्ट नै छन्। त्यस कारणले यो एचिभमेन्ट राम्रो हो।’

उनले सुरुदेखि नै संस्था सुशासनमा बसेर अगाडि बढेकोले आजको दिनमा संस्थाको ‘क्यापिटल रिजर्भ’ करिब २६ अर्बको रहेको बताए।

बजारको गतिसँगै अगाडि बढेमा बैंकले विश्वास गर्ने तथा फाइदा हुने उनले बताए।

‘बैंकको फाइदामा हिट गर्ने कुराहरु सम्पतिको गुणस्तर तथा नन्‌फर्ममेन्स लोनले हो। त्यो नभएका कारणले ग्राहकलाई राम्रो भएका कारण बैंक नाफामूखी छ,’ उनले भने, ‘ग्राहकहरुलाई मुख्य सुविधा दिने भनेको श्रम सेवा हो। उनीहरुलाई केयर गर्नु पर्‍यो। जस्तो ग्राहकहरुलाई लोन दियो ८ प्रतिशतमा, अलिकति गाह्रो भयो भने १४–१५ प्रतिशत पुर्‍याइदियो, सर्भिस चार्जमा त्यस्तै गरेको छ। मौका पाएको ठाउँमा कहि नछुट्ने गर्‍यो भने ग्राहकहरु इरिटेड हुन्छन्। अन्यथा बजारको गतिसँगै अगाडि बढ्दा ग्राहकहरुले बुझ्छन्। अर्को इथिकल बैंकिङ गरेको कारणले गर्दा ग्राहकहरुले विश्वास गरिरहेको अवस्था छ।’

कुनै पनि बैंक सफल हुन सबैथोकको समिश्रण हुनुपर्ने उनले बताए। कोरोना भाइरसको कहरबाट कोही बच्न नसक्ने भए पनि आफूले यसबाट बच्न अपनाउनु पर्ने सुरक्षाका सबै मापदण्डहरु अपनाएर काम गरिरहेको बताए।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताहरुको सूची सार्वजनिक गरेको थियो। जसमा व्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिर्नेमा विजयकुमार शाह परेका छन्। उनी नेपालमा ‘लिकर किङ’का रुपमा चिनिन्छन्। उनका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी छन्।

यस्तै गत वर्ष सबैभन्दा बढी आयकर तिर्ने आइएई रेमिटेन्स कम्पनी, व्यापार व्यवसायतर्फ नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटड, निर्याततर्फ डाबर नेपाल, हिमाल पावर, कृषि पशपंक्षी उद्योगतर्फ अन्नपूर्ण एग्रोभेट प्राइभेट रहेका छन्।

यस्तै सहकारीतर्फ छिमेकी लघुवित्त, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, शिक्षणतर्फ मणिपाल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी, मध्यमस्तरीय करदातामध्ये कामना सेवा बैंक र मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष