
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा अन्तिम समयमा दुई गोल गरि न्यूक्यासलले क्रिष्टल प्यालेसलाई पराजित गरेको हो ।
उसका लागि ८८ औँ मिनेटमा कालम विल्सन र ८९ औँ मिनेटमा जोलिन्टनले गोल गरेका हुन् ।
जितपछि दशौँ स्थानको न्यूक्यासलको १० खेलबाट १४ अंक भएको छ। १३ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा छ ।