नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुँदैछ ।

महासंघको ५४ औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो ।

अन्तिम समयसम्म सहमतिको प्रयास सफल नभएपछि ६४ पदका लागि १ सय २१ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौँका तीन ठाउँमा हुने मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था गरिएको छ ।

कुनै विवाद नआए मतपरिणाम पनि शनिबार राति नै आउने निर्वाचन समितिले जनाएको छ ।

महासंघको वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन्।

गोल्छा अध्यक्ष भएसँगै रिक्त रहने उक्त पदसहितका विभिन्न ६४ पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर प्रतिस्पर्धामा छन् ।

जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष