डिजिटल इकोनोमी कन्क्लेभ आज हुँदै

डिजिटल इकोनोमी कन्क्लेभ आज हुँदै
+
-

काठमाडौँ – नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले शनिबार ‘डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ शनिबार हुँदैछ ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य छ ।

विभिन्न आठवटा सत्र रहने उक्त कन्क्लेभमा कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिङ डिजिटल रेमिट्यान्स र डिजिटल मार्केट प्लेसलगायतका विषय समावेश छन् ।

कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा त्यसले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासँग सघन छलफल हुने आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए ।

‘कोरोना महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्काेतर्फबाट अवसरको रूपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ’, गजुरेलले भने । सुलभ इन्टरनेटको उपलब्धताले नेपालको अर्थतन्त्रलाई डिजीटाइजेसनमा लैजाने अवसर प्रदान गरेको छ ।

नेपाली इ–कमर्श इकोसिस्टमका सबै सरोकारवालाहरूको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस सुरु गर्ने विश्वास आयोजकको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष