पार्टीमा जीवन पुनः सुरु भएको छः वामदेव गौतम

पार्टीमा जीवन पुनः सुरु भएको छः वामदेव गौतम
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेताहरुले चाहेमा पार्टीमा देखिएको समस्या समाधान गर्न सकिने बताएका छन् ।

नेता गौतमले मंगलबारको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको जीवन कमिटिहरुका बैठकमा हुने र बैठकहरुको जीवन छलफलमा हुने भन्दै छलफलबाट नै समस्या समाधान तर्फ जान सकिने बताएका हुन् ।

उनले मंगलबारको बैठकमा भने, ‘मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ । बैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु । पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटिका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ ।’

उनले बैठक र छलफल छाडेकै दिनमा पार्टीको जीवन समाप्त हुने बताए ।

उनले भने, ‘बैठक बस्न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ । यो बैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।’

उपाध्यक्ष गौतमले भनेका छन्, ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटिहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरि बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ ।’

‘यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’

नेकपाको केन्द्रीय सचिवालय बैठक अब आउँदो मंगलबार बस्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष