प्रदेश सरकारले धार्मिक साँस्कृतिक धरोहरको संरक्षण गर्छः मुख्यमन्त्री राउत

प्रदेश सरकारले धार्मिक साँस्कृतिक धरोहरको संरक्षण गर्छः मुख्यमन्त्री राउत
+
-

जनकपुरधाम– प्रदेश २ भित्र रहेका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक धरोहरहरुको संरक्षण गरिने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

मैथिली भाषाका महाकवि विद्यापतिकाे डिहस्थित पोखरी सौन्दर्यकरण कार्यक्रमको शिलान्यास गर्न पुगेका मुख्यमन्त्री राउतले धार्मिक, साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्न आफूहरु अग्रसर रहेको बताए।

आइतबार मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको पिपरा गाउँपालिका बनौलीमा रहेको विद्यापति डिहस्थित रहेको लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले पहिचानको आन्दोलनको बलमा स्थापित प्रदेश सरकार प्रदेशभित्रको धार्मिक, साँस्कृतिक सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने दावी गरे।

जानकी मन्दिरको सौन्दर्यीकरणबाट अभियानको सुरुवात गरेको प्रदेश सरकारले महोत्तरीको विद्यापति डिह, रौजा मजार, सप्तरीको छिन्नमस्ता भगवती लगायतका धार्मिक साँस्कृतिक सम्पदाहरुको संरक्षणमा काम गर्दै आएको मुख्यमन्त्री राउतले बताए।

उनले केही संघसंस्थाले धनुषामा मात्र विद्यापतिको स्मृति दिवस मनाउँदै आएकोमा आगामी वर्षदेखि प्रदेश सरकारले प्रदेशको आठवटै जिल्लामा मनाउने घोषणासमेत गरेका छन्।

महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको लागि १२ करोड ७२ लाख रुपैयाँको योजना रहेकोमा ८ करोडको टेन्डर मात्र यस वर्ष भएको र बाँकी आगामी वर्षको योजनामा काम गरिने छ।

सो पोखरी सौन्दर्यीकरण तीन वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष