राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकारले उपयोग गर्ने निर्णय, शिक्षालयलाई गोवरडिहा सारिने

राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकारले उपयोग गर्ने निर्णय, शिक्षालयलाई गोवरडिहा सारिने
+
-

दाङ-लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको लागी जग्गा प्राप्तीको प्रकृया सुरु गरेको छ। मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले स्थायी राजधनीको जग्गा प्राप्तीको लागी प्रकृया सुरु गरेको हो।

राप्ती प्रविधिक शिक्षालय, लालमटीया मा १७ बिगाह १९ कट्ठा जमिन प्रदेश सरकारको उपयोगको लागी केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको मुख्यमन्त्री पोख्रेलको स्वकिय सचिव शुरेस गौतमले जानकारी दिए । राप्ती प्रविधिक शिक्षालयलाई सरस्वति माबि गोवर्डिहामा स्थानान्तरण गर्न स्विकृती प्रदान गर्ने निर्णय समेत भएको छ।

मन्त्री परिषदको बैठकले राजधानी समिति सबै कामलाई अघी बढाउन आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा विभिन्न मन्त्री र सचिवहरु रहेको निर्देशक समिति गठन गरेको छ।

यसैगरी शिक्षालयमै पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ। केही दिन भित्र प्राधिकरणको कार्यालय राखिने छ । गत असोज २० गते प्रदेश सभाको बैठकले प्रदेश नं. ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी राख्ने निर्णय गरेको थियो।

स्थायी राजधानीमा प्रदेश सभाको बैठक राख्ने तयारी गरिएको थियो। सभमुख पूर्णबहादुर घर्ती, उपभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी लगायतको टोलीले राप्ती प्राविधिक शिक्षालय रहेको क्षेत्रको अनुगमन गरेको थियो।

जग्गा र संरचना प्रदेश सरकारलाई प्राप्त भए प्रदेश सभाको सबै काम अघी बढाउन सकिने निष्कर्ष निकालिएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष