नेकपा सचिवालय बैठक आज पनि बस्दै

नेकपा सचिवालय बैठक आज पनि बस्दै
+
-

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बुधबार पनि बस्दैछ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केही समय बैठक नराख्न गरेको आग्रहका बाबजुद सचिवालय बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

मंगलबार बैठकमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए । तर अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि ओलीलाई ‘धक्का’ लागेको थियो ।

ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टीका कमिटिहरुका बैठक बस्नु पर्ने बताएका थिए । तर प्रचण्डसहितका नेताहरुले छलफललाई निरन्तरता दिने भन्दै बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

ओलीले आफू बुधबारको बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए । सोही कारण बुधबारको बैठकमा ओली उपस्थित नहुने सम्भावना छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष