टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी
+
-

काठमाडौँ– नेपाल प्रहरीले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका विभिन्न सामाजिक सञ्जालमा अमर्यादित, दुराचारयुक्त तथा अश्लील सामग्रीको प्रकाशन प्रशारण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय टिकटकमा कानुन विपरीतका भिडियो बनाएर राख्ने काम भइरहेको तर्फ ध्यानाकर्षण भएको जनाएको छ।

‘पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशील विषयहरुको ख्यालै नगरी महिला तथा बालबालिका सम्बन्धी प्रचलनमा रहेका कानुन विपरित हुने भिडियोहरु बनाउने, प्रसारण गर्ने गरेको भन्ने सम्बन्धमा यस ब्यूरोको ध्यानाकर्षण भएको छ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ।

साथै ब्यूरोले यससँग सम्बन्धित कतिपय सूचना तथा निवदेनमाथि अनुसन्धान भइरहेको र केहीलाई कानुनी दायरामा पनि ल्याइसकेको जानकारी गराएको छ।

त्यस्ता कानुन विपरितका गतिविधि नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष