वर्तमान सरकार संघीयता विरोधी र सर्वसत्तावादीः उपेन्द्र यादव

वर्तमान सरकार संघीयता विरोधी र सर्वसत्तावादीः उपेन्द्र यादव
+
-

जनकपुरधाम– जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा स्वप्न नदेख्न सरकारलाई चेतावनी दिएका छन् ।

वर्तमान सरकारमा संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरित संघीयता विरोधी र सर्वसत्तावादी चरित्र हावी भएको अध्यक्ष यादवले आरोप लगाए।

महोत्तरीको रौजामा बुधबार आयोजित रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास कार्यक्रममा यादवले सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भइसकेका शक्तिहरुसँग मोर्चाबन्दी गर्दै नेकपा नेतृत्वको सरकारले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

मधेश आन्दोलनको जगमा बनेको प्रदेश सरकारले आन्दोलनको मर्म अनुरुप पहिचानको रक्षाका साथै धार्मिक पर्यटकीय विकासलाई टेवा दिने उद्देश्यका साथ रौजा मजारको सौन्दर्यीकरण योजना ल्याउनु सराहनीय रहेको बताए।

कार्यक्रममा सांसद एवं जसपाका नेता शरदसिंह भण्डारीले चुनावको समय आफूहरुले गरेको वाचा अनुसार नै प्रदेश सरकारले विकास निर्माणलाई अगाडि बढाएको र अगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को विकासको प्रमुख आधारहरुमध्ये महत्वपूर्ण आधार धार्मिक पर्यटन रहेकोले प्रदेश सरकारले धार्मिक पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको बताए।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत शिलान्यास गरिएको उक्त योजनामा ११ करोड ९० लाख रुपैयाँको लागत रहेको मुख्मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष