
काठमाडौँ– चर्चित लेखक कुमार नगरकोटीले आफ्नो जन्मदिनको अवसरमा १७ जना पाठकलाई आफ्नो पुस्तक ‘कल्प ग्रन्थ’ उपहार दिने घोषणा गरेका छन्। मंसिर १७ गते (आज) नगरकोटीको जन्मदिन हो।
नगरकोटीले सामाजिक सञ्जालमार्फत जन्मदिनको उपहार स्वरुप १७ जना पाठकलाई ‘कल्प ग्रन्थ’ उपहार दिने जानकारी गराएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा किताब उपहार पाउने १७ जना पाठकको नाम पनि सार्वजनिक गरेका छन्।
नगरकोटीले बुधबार बिहान फेसबुकमा एक स्टाटस लेख्दै उपहारका लागि १७ देखि २७ वर्ष उमेरसम्मको हुनुपर्ने बताएका थिए।
पछिल्लो समय नगरकोटी आफ्नो आगामी पुस्तक ‘कल्प ग्रन्थ’का कारण चर्चामा छन्। उक्त पुस्तक प्रि–अर्डर लिएर छापिने छ। पुस्तक प्रकाशक बुकहिलका अनुसार ७ सय ७७ पृष्ठको उक्त पुस्तकमा नगरकोटीका ६३ वटा कथा रहनेछन्।
पुस्तकको विमोचन आगामी चैत १४ गते हुने बताइएको छ। पुस्तक पाउनका लागि आगामी फागुन १ गतेसम्म बुकिङ गर्न सकिनेछ।
पुस्तक पसलहरुमा किताब उपलब्ध हुनेछैन। यदि कुनै बिक्रेताले बेच्न चाहेमा यही योजनामा सहभागी हुनुपर्नेछ। किताबको मूल्य २०२१ रुपैयाँ तोकिएको छ।
i would like to THANK all the passionate book lovers who took part in this celebration.
lots of CONGRATULATIONS to 17 book lovers who will receive KALPA-GRANTHA as a birthday gift.
CHEERS! ! !Posted by Kumar Nagarkoti on Wednesday, December 2, 2020