
काठमाडौँ– नेपाली काँग्रेस (वीपी)ले कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजनैतिक गतिविधि सभा, जुलुस, प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाएकोप्रति विरोध जनाएको छ।
बुधबार पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेद्वारा जारी विज्ञप्तिमा सडकमा जनताद्वारा भ्रष्टाचार, अनियमिता, राष्ट्रघाती कदम, गणतन्त्र, धर्म निरपेक्षता, महँगो संघीयता खारेजीसहित भइरहेको प्रदर्शनबाट सरकार अतालिएर यस्ता गतिविधिमा रोक लगाएको बताइएको छ।
‘सडकमा जनताद्वारा भ्रष्टाचार, अनियमिता, राष्ट्रघाती कदम, गणतन्त्र, धर्म निरपेक्षता, महँगो संघीयता खारेजीसहित भइरहेको प्रदर्शनबाट सरकार अतालिएर काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मिति २०७७ साल मंसिर १६ गते कोरोना (कोभिड-१९) भाइरसको बहाना बनाइ राजनैतिक गतिविधि सभा, जुलुस, प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाउने निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको हुँदा उक्त निर्णयको घोर भर्त्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।