भारतमा थप चर्किँदै किसान आन्दोलन, मंसिर २३ गते भारत बन्दको घोषणा

भारतमा थप चर्किँदै किसान आन्दोलन, मंसिर २३ गते भारत बन्दको घोषणा
+
-

भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन्। यसैबीच किसानहरुले आगामी डिसेम्बर ८ (मंसिर २३) मा भारत बन्दको घोषणा गरेका छन्।

उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज नवौँ दिन हो। केन्द्र सरकार र किसानबीच शनिबार फेरि वार्ता हुँदैछ। वार्ताको अघिल्लो दिन उनीहरुले भारत बन्दसहितका आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन्।

अब दिल्ली प्रवेश गर्ने थप सडकहरु समेत बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन्।

किसानहरुको आन्दोलनप्रति समर्थन पनि बढ्दै गएको छ। पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले पनि आन्दोलनमा समर्थन जनाएको छन्। उनले केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुको साथमा रहेको बताएकी हुन्।

यसैबीच लेखकहरुसहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुले किसानहरुको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा पनि गरेका छन्।

पछिल्ला ९ दिनदेखि लाखौँको संख्यामा पञ्जाब, हरियाणासहित कैयौँ राज्यका किसानहरु दिल्लीको सीमामा पुगेर आन्दोलन चर्काएका छन्। किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन्।

कृषि कानुन खारेज गर्नुपर्ने उनीहरुको माग छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष