
चीनको एक कोइलाखानीमा भएको दुर्घटनामा १८ जना खानी मजदुरको मृत्यु भएको छ। अरु पाँच मजदुर बेपत्ता रहेका छन्।
चीनको दक्षिण–पश्चिममा रहेको कोइला खानीमा कार्बन मोनोअक्साइड ग्यास चुहावट हुँदा मजदुरको मृत्यु भएको हो । डियाशुइडोङ खानीबाट एकजनालाई उद्धार गरिएको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ ।
मजदुरले जमिनमुनि खानीमा काम गरिरहेका बेला ग्यास चुहावट भएको हो। शुक्रबार भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको चिनियाँ अधिकारीले बताएका छन्।
चीनमा कमजोर सुरक्षा व्यवस्थाका कारण खानीमा यस किसिमका दुर्घटना हुने गरेका छन्।