
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच सहमति बनाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।
शनिबार सचिवालय बैठक सकिनासाथ विष्णु रिमाल र शंकर पोखरेलसँग घनश्याम भुसालले छलफल गरेका हुन् । त्यसपछि टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग पनि नेता भुसालले गरेका थिए ।
यसैबिच नेकपाको स्थायी कमिटि बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । दुवै अध्यक्षको प्रस्ताव पेश गर्दै स्थायी कमिटि बैठक केहीदिन स्थगनको तयारी भएको छ ।
प्रस्ताव पेश गरेर बैठक केही दिनलाई स्थगित गर्ने तयारी भएको स्थायी कमिटि सदस्य घनश्याम भुसाल र हरिबोल गजुरेलले संकेत गरेका हुन् ।
नेता गजुरेललले भने, ‘आजको बैठकमा दुवै प्रस्ताव पेश हुन्छ र अध्ययनका लागि केही दिन बैठक स्थगित हुन्छ। त्यो बिचमा सहमतिको प्रयास हुन्छ। बाहिरी माहोलले पनि सहमति नगरी नहुने स्थिति आयो।’