
विन्टहुक-नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
बर्तमान राष्ट्रपति हेज गेइन्गोबले उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन।
‘उहाँ सङ्क्रमित भएको खबरले दुःख लागेको छ, म उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु,’ राष्ट्रपति हेजले भनेका छन्।
संस्थापक राष्ट्रपति नुजोमालाई आइतबार अस्पताल भर्ना गरिएको र कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको पनि उनले उल्लेख गरेका छन्।
उनको अवस्था स्थिर रहेको र सुधार हुँदै जाने लक्षणहरु देखिएको पनि राष्ट्रपति हेजले जानकारी दिएका छन्।
उनले संस्थापक राष्ट्रपति नुजोमाको स्वास्थ्य अवस्थाका बारेमा निरन्तर जानकारी गराइने पनि स्पष्ट पारे।
संस्थापक राष्ट्रपति नुजोमा सन् १९९० देखि २००५ सम्म नामिबियाको नेतृत्व गरेका थिए।