केन्द्र सरकार र प्रदेश–२ बीच कुनै समस्या छैनः पर्यटनमन्त्री भट्टराई

केन्द्र सरकार र प्रदेश–२ बीच कुनै समस्या छैनः पर्यटनमन्त्री भट्टराई
+
-

जनकपुरधाम– जनकपुरधामको विकास संघ सरकारको प्राथमिकतामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्।

प्रदेश २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरधामको विकास प्राथमिकतामा रहेकोले तीनै तहको सरकारको सहकार्यको आवश्यकता रहेको मन्त्री भट्टराईले बताए।

मंगलबार जनकपुरधामस्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन एवं कन्ट्रोल टावरको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टराईले सञ्चालनमा आएको नवनिर्मित टर्मिनल भवन संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यको उदाहरण रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य रहेकोले आपसी समझदारी र सहकार्यका साथ अगाडि बढ्न आग्रह गरे। मन्त्री भट्टराईले सात प्रदेशमध्ये प्रदेश २ सरकार र केन्द्र सरकारबीच सबभन्दा बढी घनिष्ठ सम्बन्ध रहेको दाबी गरे।

उनले भने, ‘हाम्रो मित्रता असल छ र हामीबीचमा कुनै समस्याहरु छैनन्। हामी समस्याविहीन सम्बन्धको रुपमा रहेका छौँ। सानातिना अभ्यासको क्रममा केही समस्याहरु आउन सक्छन्। किनभने हामी कोही पनि अहिले संघीयताका अनुभवी र ज्ञाता भइसकेका छैनौँ।’

मन्त्री भट्टराईभन्दा पहिले विमानस्थलको नामको सम्बन्धमा बोलेका वक्ताहरुलाई जवाफ दिँदै मन्त्री भट्टराईले भने, ‘जनकपुर विमानस्थलको नामको परिवर्तन गर्नु ठुलो कुरा होइन। प्रदेशको सम्बन्धित मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रुपमा पत्र लेखेर संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएपछि यसको नाम जनकपुरधाम विमानस्थल राख्न सकिन्छ।’

जनकपुरधाम विमानस्थलको धावनमार्गलाई विस्तार गर्नका लागि स्थानीय सरकारले थप जग्गाको प्रवन्ध मिलाउन मन्त्री भट्टराईले आग्रह गरे।

टर्मिनल भवन उद्घाटन कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा जसपाका नेता राजेन्द्र महतोले जनकपुरधाम विमानस्थललाई अझ बढी आधुनिक बनाउनेतर्फ ध्यान पुर्‍याउन मन्त्री भट्टराईसँग आग्रह गरे। उनले जनकपुरधाम ऐतिहासिक भुमि रहेकोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरी जनकपुरधाम विमानस्थल राख्न आग्रह गरे।

उनले जनकपुरधाम धार्मिकस्थलको रुपमा रहेकोले यस विमानस्थलबाट जनकपुरधाम–काठमाडौँ मात्रै नभई जनकपुरधाम–पोखरा–काठमाडौँ र भारतको विभिन्न स्थानसम्म उडान भर्ने वातावरण मिलाउन आवश्यकता रहेको बताए।

सांसद महतोले आफ्नो संसदीय विकास कोषको रकमबाट धार्मिक पर्यटनलाई बढावा दिन विमानस्थलको प्रवेशद्वार बनाउने घोषणासमेत गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष