जिल्ला प्रशासन कार्यालय बाँकेमा एसीसहितको सेवाग्राही कक्ष,टोकन प्रणाली पनि लागू

जिल्ला प्रशासन कार्यालय बाँकेमा एसीसहितको सेवाग्राही कक्ष,टोकन प्रणाली पनि लागू
+
-

नेपालगञ्‍ज-जिल्ला प्रशासन कार्यालय, बाँकेले एसीसहितको सेवाग्राही कक्ष सञ्चालनमा ल्याएको छ। प्रशासनले सेवाग्राहीलाई बुधबारदेखि नै टोकन प्रणाली पनि लागू गरेको छ।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले सेवाग्राही कक्ष र टोकन प्रणालीको बुधबार उद्घाटन गरे।

उनले नेपालगञ्जस्तो अत्यन्तै गर्मी हुने ठाउँमा सेवाग्राहीलाई एसीसहितको कक्ष निर्माण गरिदा सेवा लिन आउने जनतालाई ठूलो राहत हुने बताए।

जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडाबाट सहयोग लिएर प्रशासनले सुविधायुक्त सेवाग्राही कक्ष सञ्चालनमा ल्याएको हो।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवाग्राहीमैत्री कार्यालय बनाउदै जाने क्रममा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको बताए।

३६ लाख रुपैयाको लागतमा प्रशासनले सेवाग्राही कक्ष सञ्चालन गरेको छ । प्रशासनमा अहिले सेवाग्राही एसीमा र कर्मचारी पंखा बसेर काम गर्ने अवस्था आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष