अब विकास भएन भनेर धाउनु पर्दैन, सरकारले सबै ठाउँमा विकास पुर्‍याउँछः मुख्यमन्त्री पोखरेल

अब विकास भएन भनेर धाउनु पर्दैन, सरकारले सबै ठाउँमा विकास पुर्‍याउँछः मुख्यमन्त्री पोखरेल
+
-

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले अब विकास माग्दै धाउने प्रवृतिको अन्त्य गर्दै योजनाको आधारमा सबै ठाउँमा विकास पुर्‍याउने बताएका छन्।

बिहीबार दाङमा पुल शिलान्यासका क्रममा मुख्यमन्त्री पाेखरेलले यस्तो बताएका हुन्।

‘अब विकास माग्दै धाउने प्रवृत्तिको अन्त्य गर्दैछौँ। सरकारले योजनाको आधारमा सबै ठाउँमा विकास पुर्‍याउँछ,’ उनले भने, ‘विकास भएन भनेर धाउनु पर्दैन।’

मुख्यमन्त्री पोखरेलले विरोधको राजनीतिले कहीँ नपुर्‍याउने बताउँदै उनले विकास र समृद्धिको मुद्दामा सबै एक ठाउँमा उभिन जरुरी रहेको बताए।

मुख्यमन्त्री पोखरेलले बिहीबार दाङका विभिन्न स्थानमा तीन ओटा पक्की पुलको शिलान्यास गरेका छन्। उनले तुलसीपुर उपमहानगरपालिकामा पर्ने पातुखोला, घोराही उपमहानगरपालिकामा पर्ने कटुवा खोला र राप्ती गाउँपालिकामा पर्ने दोलही खोलामा पक्की पुलको शिलान्यास गरेका हुन्।

पातुखोला पुल बनाउन ८ करोड ३१ लाख, कटुवा खोला पुलको लागि ३ करोड ८२ लाख, दोलही खोला पुल बनाउन ५ करोड २० लाख बजेट रहेको छ। सिस्ने खोलामा पुल निर्माण कार्य जारी छ। यो पुल बनाउन १९ करोड ६० लाख बजेट छ। दंगिशरण गाउँपालिकाको माया खोलामा पुल बनाउन ३ करोड ५० लाख बजेट छ।

यसैगरी दाङमा अन्य ६ विभिन्न स्थानमा पक्की पुल बनाउन डीपीआर तयार भएको पूर्वाधार विकास कार्यालयका प्रमुख वासुदेव भण्डारीले जानकारी दिए।

पुल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलसहित भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीको समेत उपस्थिति रहेको थियो।

उनले स्थायी राजधानी क्षेत्रमा व्यवस्थित र नमुना शहर बनाउन अन्तर्राष्ट्रिय विज्ञहरुको सहयोगमा गुरुयोजना निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष