
दाङ– दाङमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
लमही–गढवा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परेर गढवा गाउँपालिका वडा नम्बर ३ का १८ वर्षिय मनोज अधिकारीको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका निमित्त इन्चार्ज पुरान मल्लले जानकारी दिए।
अधिकारीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परेर प्रविण कार्की घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
लमहीबाट गढवातर्फ जाँदै गर्दा लु ५३ प २१३७ नम्बरको मोटरसाइकल शुक्रबार करिब दिउँसो दुई बजे लमही नगरपालिका वडा नम्बर ४ भुरिपुरमा दुर्घटना भएको थियो।
तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित हुँदा सडकको किनारमा रहेको पिलरसँग ठोक्किएर दुर्घटना भएको थियो।