कृषि कानूनको विरोधमा सर्वोच्च अदालत पुगे भारतीय किसान

कृषि कानूनको विरोधमा सर्वोच्च अदालत पुगे भारतीय किसान
+
-

भारतीय किसान युनियन (बिकेयू) ले सरकारले हालै ल्याएका तीन कृषि कानून विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

बिकेयूले सर्वोच्चमा दायर गरेको मुद्दामा तीनै कृषि कानून रद्द गर्न माग गरिएको छ । ती कानूनबाट बहुराष्ट्रिय कम्पनीहरुलाई गरिब तथा अशिक्षित किसानलाई शोषण गर्ने खुला छुट मिल्ने चिन्ता व्यक्त गरिएको छ ।

यस्तै भानु प्रताप सिंहको नेतृत्व रहेको भारतीय किसान युनियन (भानु) ले डिसेम्बर ९ मा दायर गरेको अर्को मुद्दामा सरकारले ल्याएका तीन कानूनले किसानलाई बहुराष्ट्रिय कम्पनीको जालमा फसाउने उल्लेख छ ।

कृषि कानूनको विरोधमा विगत दुई हप्तादेखि पञ्जाब, हरियाणासहितका किसान राजधानी दिल्लीका सीमा क्षेत्रमा धर्नामा बसेका छन् ।

सरकारसँगको वार्तामा कुनै सहमति हुन सकेको छैन । किसानले तीनै कानून फिर्ता लिनु पर्ने अडान लिएका छन् भने सरकार त्यसका लागि तयार छैन ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष