
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको स्थायी कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जोडेर अनर्गल प्रचार भएको भन्दै निन्दा गरेका छन् ।
कोभिड–१९ का कारण निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा प्रवक्ता श्रेष्ठलाई जोडिएको थियो ।
यसअघि नै श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफूले प्रयास मात्रै गरेको बताएका थिए ।
आइतबारको बैठकमा प्रचण्डले श्रेष्ठको चरित्र हत्या हुने गरि भएका प्रचारको निन्दा गरे । त्यसविषयमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने केही बोलेनन् ।
नेकपाका नेताहरु लामाको व्यवसायिक गतिविधिमा प्रवक्ता श्रेष्ठको नाम जोडिएको विषयमा विभाजित छन्।