
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावको बेला प्रतिवद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताएका छन्।
काठमाडौं महानगरपालिकाको ‘२६औं महानगर दिवस’को अवसरमा कुराकानी गर्दै उनले महानगरको जिम्मेवारी भित्र रहेका अधिकांश सडक आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा पुर्याइएको बताएका हुन्।
सडक निर्माण, कालोपत्रे लगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेको मेयर शाक्यको भनाई छ। त्यस बाहेक शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा समेत उल्लेख्य काम गर्न सफल भएको उनले बताए।
तर कतिपय ठूला आयोजनाहरु प्राविधिक कारणले शुरु गर्न नसकिएको पनि मेयर शाक्यको भनाइ छ।