पोखरीमा माछा मार्ने विषयमा झडप हुँदा महिलाको मृत्यु

पोखरीमा माछा मार्ने विषयमा झडप हुँदा महिलाको मृत्यु
+
-

काठमाडौँ-सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा सोमबार बिहान एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए। सो झडपमा अन्य चार जना घाइतेसमेत भएका प्रहरीले जनाएको छ । त्यसमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयवासीबीच विवाद भएको थियो ।

सो विवाद बढ्दै जाँदा रातिसम्म दोहोरो झडप भएको जनाइएको । दुवै पक्षले बञ्चरो, भाटालगायतका घरेलु सामग्री बोकेर झडपमा उत्रिएपछि झन वादविवादले उग्ररुप लिएको थियो ।

सोही झडपका क्रममा घरेलु हतियार प्रहार भएर घाइते भएकी गङ्गीयादेवीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान कार्य थालिएको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष