सात करोड भ्रष्टाचार गरेको अभियोगमा लेखा अधिकृतविरुद्ध मुद्दा

सात करोड भ्रष्टाचार गरेको अभियोगमा लेखा अधिकृतविरुद्ध मुद्दा
+
-

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखा अधिकृतविरुद्ध सात करोड रकम हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीनजना उपर राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

आयोगले अनुसन्धानको क्रममा तत्कालीन लेखा अधिकृत दर्जीले राजश्व बापत उठेको सात करोड आठ लखा १७ हजार ३७ रुपैयाँ सम्बन्धित बैंकमा डिपोजिट नगरी आफ्नै खातामा राखेको, नक्कली भौचार बनाएको र कार्यालयको छाप दुरुपयोग गरेको पुष्टि हुन आएको दाबी गरेको छ।

दर्जीले हिनामिना गरेको रकममध्ये दुई करोड ५८ लखा तीन हजार दुई सय ३१ रुपैयाँ लेखा परीक्षणका क्रममा कार्यालयकै खातामा पछि दाखिला गरेको पाइएको छ।

आयोगले बाँकी चार करोड ५० लाख १३ हजार ८ सय ६ रुपैयाँ असुल गर्न माग गर्दै अभियोगपत्र विशेष अदालत काठमाडौँमा दायर गरेको हो।

त्यस्तै भरतपुरमै कार्यरत सुब्बा आयोगले अर्का सुब्बा बलराम सापकोटाले बैंक दाखिला गर्नुपर्ने रकम ५८ लाख ४३ हजार आठ सय ६ रुपैयाँ हिनामिना गरेको अभियोग लगाएको छ।

अख्तियारले अर्का सुब्बा मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये चार लाख ७१ हजार ६ सय १८ रुपैयाँ हिनामिना गरेको आयोगको अभियोग दाबी छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष