सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु हालको पुस्ताको कर्तव्यः प्रधानमन्त्री

सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु हालको पुस्ताको कर्तव्यः प्रधानमन्त्री
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावकाबिच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई मंगलबार भर्चुअल सम्बोधन गर्दै उनले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य रहेको बताए ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अपेक्षा पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताए ।

तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना आरम्भले आफूलाई हर्षित तुल्याएको बताए ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने जानकारी गराए ।

सभाले वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष