
भारतको राजधानी दिल्लीको सिंघु सीमामा बुधबार बेलुका ६५ वर्षीय सिख प्रचारक राम सिंह सिंघडाले आफैले गोली हाने । उनको मृत्यु भयो ।
उनी हरियाणाको करनाल जिल्लाका बासिन्दा हुन् सिंघडा।
समाचार संस्था पीटीआईका अनुसार उनको हातबाट पञ्जाबीमा लेखिएको पत्र भेटिएको छ। त्यसमा लेखिएको छ, ‘किसानको पीडा सहन गर्न सकिरहेको छैन ।’ प्रहरीले सो पत्रको सत्यता जाँच भइरहेको जनाएको छ ।
सिंघडाको शव पोस्टमार्टका लागि स्थानीय अस्पतालमा लगिएको छ।