वैदेशिक रोजगारीमा जाने युवालाई नगरपालिकाले तालिम दिने

वैदेशिक रोजगारीमा जाने युवालाई नगरपालिकाले तालिम दिने
+
-

जनकपुरधाम– वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले घोषणा गरेका छन्।

२१औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा शुक्रबार धनुषाको शहीदनगर नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तामिलको व्यवस्था गर्ने घोषणा गरेका हुन्।

उनले सीपमूलक तालिमको व्यवस्था गर्नका लागि ५ लाख रकम छुट्याउनेसमेत जानकारी दिए। नगर प्रमुख बरबरियाले पालिकामै सीपमूलक तालिमका लागि अलग्गै कक्षको व्यवस्था समेत गरिने बताए।

यसअघि भारतमा काम गर्दै आएका वीरेन्द्र गुरमैताको धनुषाको नेपाल भारत सीमा जटहीमा भोकका कारण मृत्यु भएको स्मरण गर्दै उनले गुरमैताको परिवारलाई ५ लाख रुपैयाँको आर्थिक सहयोग गरेको समेत बताए।

यता आप्रवासी हकहित संरक्षण केन्द्र र मित्र धनुषाको आयोजना भएको सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तीनै तहका सरकारलाई वैदेशिक रोजगारमा जानेहरुका लागि सीपमूलक तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए।

नेकपाका केन्द्रिय सदस्य श्रवण बरबरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका संयोजक विवेक यादवले मुलुकको अर्थतन्त्र नै रेमिटेन्सले धानिरहेको बेला आप्रवासी कामदारहरुको विषयमा कुनै पनि सरकार जिम्मेवार नहुनु दुःखद रहेको बताए। उनले शहीदनगरका नगर प्रमुख उदय बरबरियालाई धन्यवाद ज्ञापन गर्दै धनुषाका अन्य पालिकाहरुलाई समेत आप्रवासी कामदारहरुको सीपमूलक तालिमका लागि बजेट छुट्याउन आग्रह गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष