
दुई हजार सतहत्तरमा काल (बखत) कस्तो कस्तो।।
बाजा बजे सडकमा ताल कस्तो कस्तो।।
घन्काए नारा गीत माइक लगाइ लगाइ
नाच्न थाले उफ्रिएर चाल कस्तो कस्तो।।
सानातिना खहरे जंघार तरेकै हो पहिले
उर्लिएको सागरको छाल कस्तो कस्तो।।
आग्लो ठोके भित्रबाट बैठकको ढोकामा
खुल्यो ढोका बाहिरैबाट प्वाल कस्तो कस्तो।।
पिउने पानी एक टंकी छैन शहर गाउँमा
सदनमा नौटंकी छ हाल कस्तो कस्तो।।
‘व्यवस्था’ त राम्रै थियो खान बाँडीचुँडी
पाएकै थिए दौँतरीले माल कस्तो कस्तो।।
(यो गजलको अर्को भाग आउँदो हप्ता प्रकाशित हुनेछ।)