सर्वोच्च बारको नयाँ कार्यसमितिका लागि मतदान हुँदै

सर्वोच्च बारको नयाँ कार्यसमितिका लागि मतदान हुँदै
+
-

काठमाडौँ – सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार मतदान भइरहेको छ ।

नयाँ समितिका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र कांग्रेस निकटका कानून व्यवसायीहरु अरु दलमा आवद्ध कानून व्यवसायसँगको समेत गठबन्धनमा प्यानलसहित चुनावी मैदानमा छन् ।

नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वको प्यानलसहित चुनावमा गएको छ ।

यसैगरी कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) ले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा प्यानल बनाएको छ ।

गएको जेठमा हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीका कारण अहिले हुन लागेको हो । ६०५ मतदाता रहेको सर्वोच्च बारको चुनावको मतदान सर्वोच्च परिसरमा दिउँसो ३ बजेसम्म हुनेछ।

सर्वोच्च बारको कार्यसमितिले नेपाल बारको केन्द्रीय कार्यकारिणी परिषद सदस्य समेत चयन गर्ने भएकाले महत्वपूर्ण मानिन्छ। पार्षदका लागि २१ जना प्रतिस्पर्धामा छन् । प्रगतिशील पेशागत कानून व्यवसायीको समूहका तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल अध्यक्षका उम्मेदवार छन् । यस्तै, प्रगतिशील समूहबाट उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा अञ्जिता खनाल, सहसचिवमा शोभा कार्की र कोषाध्यक्षमा श्यामकुमार खत्री प्रतिस्पर्धामा छन् । महिला सदस्यमा देवी रेग्मी प्रतिस्पर्धामा उत्रेकी छन् ।

प्रगतिशील समूहका सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, रमेशराज शर्मा, छबिलाल घिमिरे, लेखनाथ भट्टराई र दिलकुमारी राई प्रतिस्पर्धामा छन् ।

लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षका उम्मेदवार बनेका छन् । उपाध्यक्षमा नमराज रिजाल, सचिवमा ऋषिरम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की प्रतिस्पर्धामा छन् । महिला सदस्यमा अमिता गौतम उम्मेदवार बनेकी छन् ।

सदस्यहरुमा वियकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा.ा रामहरि त्रिपाठी र निर्मला भण्डारी उम्मेदवार बनेका छन् । दुई प्यानल भन्दा बाहिरबाट उपाध्यक्षमा नानीबाबु दाहालले उम्मेदवारी दिएका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष