लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको गुरुयोजना बनाउन चीनसँग सहकार्य

लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको गुरुयोजना बनाउन चीनसँग सहकार्य
+
-

दाङ – लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानीको गुरुयोजना बनाउन तयारी थालेको छ।

राजधानीलाई नयाँ अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना अघि सारिएको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रकृयालाई अगाडि बढाएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा नयाँ शहर बनाउनको लागी चिन सरकार र चिनियाँ कम्यूनिष्ट पार्टीसँग सहकार्यका लागि छलफल गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार र चीन सरकारको बिचमा राजधानी व्यवस्थापनको विषयमा औपचारिक छलफल भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रीले छलफलको नेतृत्व गरेका छन् । ‘राप्ती उपत्यका देउखुरीमा सुन्दर शहर बसाउने हाम्रो योजना छ’ छलफलमा सहभागी मन्त्री केसीले भने, ‘व्यवस्थित शहर बनाउन चिनियाँ अनुभव र प्रविधिको सहयोगको अपेक्षा गर्दछौँ ।’

चीन र नेपालको विचमा वर्षौँ पहिले देखीको आपसी सम्वन्ध रहेको स्मरण गर्दै दुई देश विचको सहकार्यले नयाँ शहर बनाउने योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । लुम्बिनी प्रदेश सकारको तर्फबाट प्रदेशको गुरुयोजना निर्माणमा चिनियाँ अनुभव र प्रविधिमा सहयोग गर्न गरिएको आग्रहलाई चीनले स्वीकार गरेको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले चीन भ्रमणको क्रममा सिचुवान प्रान्त बिच २०७६ असारमा भगिनी समझदारी गरेका थिए ।

चिनियाँ कम्यूनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग जर्नल डाईरेक्टर सन हाइनले लुम्बिनी प्रदेश सरकारलाई शहर बसाउनको लागि योजना निर्माणमा सघाउने प्रतिबद्धता जनाइन् । लुम्बिनी प्रदेशको तर्फबाट पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयाँले नयाँ शहरलाई प्रशासनिक केन्द्र अन्तरगत विभिन्न मन्त्रालय, प्रदेशसभा, प्रादेशिक कार्यालयहरु, सुरक्षा निकायहरु रहने विषयलाई प्राथमिकतामा राखेर गुरुयोजनाको तयारी गरिएको जानकारी दिए ।

‘शहरमा अन्य क्षेत्रहरु जस्तै बिजनेस, बहुतल्ले भवन, आवासीय, पार्क, चौडा सडकहरु, राप्ती नदीमा नमूना पुल र नदीको दुवै तर्फ हरित बेल्ट रहनेछ’ प्रमुख कार्यकारी अधिकृत मजगैयाँले भने, ‘प्रादेशिक राजधानी शहरको गुरुयोजना तयार गर्नको लागि लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय शहरी योजनाकार लगायतका विज्ञहरुको सहयोगको अपेक्षा पनि गरेको छ ।’

छलफलमा चिनिया कम्युनिष्ट पार्टी सेन्ट्रल स्कुलका विज्ञ र चेन्धु प्लानिङ्ग कमिसिनका स्पेशल कमिटिका विज्ञले नयाँ शहर बसाउने विषयमा मापदण्डहरुको बारेमा छलफल गरे । प्रादेशीक राजधानीको पूर्वाधार सहित नयाँ शहर बसाउँदा वातावरणलाई ध्यानमा राख्न सुझाव दिइएको छ ।

हरियो शहरको रुपमा विकास गर्न सकिने र त्यसका लागि पहाड र पानीलाई बचाई राखेर पर्यटनसँग जोड्न सुझाव दिइएको हो । चीन सरकारसँग भएको भर्चुअल बैठकमा सहभागी हुनुभएका प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्रादेशीक राजधानीलाई रमणीय र मनोरम बनाउनेगरी गुरुयोजना बनाउनुपर्ने बताए ।

अशोज २० गते बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार स्थायी राजधानीमा पूर्वाधार निर्माणको लागी गुरुयोजना बनाउने तयारी थालिएको हो ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष