
काठमाडौँ – खुमलटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एक घण्टा वार्ता गरेर फर्केपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुलचोक छिरेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग छलफल गरेका छन्।
छलफलमा सहभागी भएको उनीहरुको तस्बिर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। शनिबार ओलीले असन्तुष्ट र आफ्ना पक्षका नेताहरुसँगको भेटलाई तीव्रता दिइरहेका छन्।