
दाङ–दाङमा झुलुंगे पुलबाट खस्दा एक जना गम्भिर घाईते भएका छन्।
शनिबार दिउँसो बबई गाउँपालिका–५ पुरन्धारा झरना क्षेत्रमा घुम्न गएका एक जना युवा झोलुंगे पुलबाट खस्दा घाईते भएको प्रहरीले जनाएको छ ।
झुलुंगे पुलमा टिकटक भिडियो बनाउने क्रममा झोलुंगे पुलबाट खस्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा पठाइएको छ ।