
जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपाको साधारण सदस्यतासमेत खारेज गर्नुपर्ने माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ सङ्गठन युवा संघले प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गरेकाे हो।
आइतबार जनकपुरधामको जनक चोकमा विरोधसभा गर्दै युवा संघ धनुषाले प्रधानमन्त्री ओलीको साधारण सदस्यतासमेत खारेज गर्नु पर्ने माग गरेकाे हो।
धनुषाका संयोजक सरोज यादवले प्रधानमन्त्री ओलीले लोकतन्त्रको विरुद्धमा संसद विघटन गरेर तानाशाही बन्न खोजेको आरोप लगाए।
त्यस्तै युवा संघका पूर्व केन्द्रिय सदस्य राजकुमार यादवले कम्युनिस्टलाई बदनाम प्रधानमन्त्री ओलीले यस्तो गरेकाले कडा कारवाही गर्न माग गरे।
युवा संघ धनुषाले जनकपुरधाममा मोटरसाइकल र्याली निकालेर नगरमा परिक्रमा गर्दै जनक चोकमा विरोधसभा गरेका थिए।