गृहमन्त्री बादल आफू पक्षीय नेतासँगको छलफलमा

गृहमन्त्री बादल आफू पक्षीय नेतासँगको छलफलमा
+
-

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो पक्षको बेग्लै छलफल थालेका छन् । बादलले मन्त्री निवास पुल्चोकमा सोमबार आधा दर्जन सांसद र नेकपाका १६ केन्द्रीय सदस्यसँगको छलफलमा जुटेका हुन् ।

प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले सामूहिक राजीनामा दिँदा बादलले दिएका छैनन् । यसले उनी संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पक्षमा देखिएको विश्लेषण भइरहेको छ ।

सोही क्रममा उनले मन्त्री निवासमै आफू पक्षीय नेताहरुसँग परामर्श गरिरहेका छन् । बादललाई ओलीसँग नमिल्न र प्रचण्डलाई साथ दिन डेढ दर्जन केन्द्रीय सदस्यको दबाब छ।

बादलसँगको छलफलमा स्थायी कमिटि सदस्यहरु देव गुरुङ र पम्फा भुसाल पनि छन् ।

केन्द्रीय कमिटिमा रहेका हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, सावित्रिकुमार काफ्ले, अमृता थापा मगर, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, युवराज भट्टराई, रामदीप आचार्य र सुरेश आलेमगर पनि छलफलमा सहभागी छन् ।

बादलको पक्षमा नेकपाका ३४ जना केन्द्रीय सदस्य छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष