
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा ५६ हजार ७ सय १३ जना विद्यार्थीहरु दीक्षित भएका छन्।
कोरोना महामारीका कारण यसवर्ष बल्खुस्थित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको आयोजनामा गरिएको दीक्षान्त समारोहमा कारण पीएचडी, एमसीएच, एमडीदेखि स्नातक गरेका गरी ९७ जना विद्यार्थीहरु मात्र सहभागी भएका हुन।
कोरोना महामारीको प्रभावका २०७६ देखि असारदेखि २०७७ साल जेठ ३२ गतेसम्म कारण पीएचडी, एमसीएच, एमडी गरेका तथा २०७६ सालदेखि २०७७ साल जेठ ३२ गतेसम्ममा ट्रान्सकृप्ट प्राप्त गरिसकेका सेमेस्टर तथा बार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरेकाहरु सहभागी भएको त्रिविका रेक्टर कार्यलय प्रमुख शिवलाल भुसालले बताए।
उनका अनुसार यसवर्ष कारण पीएचडी, एमसीएच, एमडी गरेका तथा स्नातक,स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरेकाहरु सहभागी भएका हुन् जसमध्ये ९७ जना मात्र प्रत्यक्ष रुपमा दीक्षान्तको गाउन लगाए।
दीक्षान्त समारोहमा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा.रामवरण यादवसहित त्रिवि रेक्टर कार्यलय प्रमुख शिवलाल भुसाल, रजिस्ट्रार कार्यलय प्रमुख पेशल दाहाल, विज्ञान संकाय डिन राम प्र. खतिवडा, शिक्षा शास्त्र संकाय डिन चित्र ब. बुढाथोकी, मानविकी संकाय डिन कुसुम शाक्य, व्यवस्थापन संकाय डिन डिल्लीराज खनाल, पूर्व उद्योग वाणिज्य माहासंघ अध्यक्ष भवानी राणा कीर्तिपुर न.पा. को वडा प्रतिनिधिहरू दिक्षान्त भई जाने विद्यार्थी पत्रकार लगायत अन्दाजी १५०/२०० जनाको उपस्थित रहेको थियो।
यसवर्ष त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, केन्द्रीय क्याम्पसबाट २०७४ सालको स्नातकोत्तर तहको पत्रकारिता विषयमा सर्वोकृष्ट अङ्कका साथ सर्वप्रथम भएका राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीले दुई वटा पदक पाए। उनले त्रिवि दीक्षान्त पदक र नारायण शान्ति मिश्र पदक पाएका हुन्।
त्यस्तै त्रिविको ४६औँ दीक्षान्त समारोहमा चान्सलर पदक लिलाप्रसाद बगालेले प्राप्त गरे। मूल समारोह समितिका सदस्यसचिव डा.घनश्याम ठाकुरले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तह परीक्षामा प्रथम श्रेणीमा प्रथम हुने बगालेलाई सो पुरस्कार प्रदान गरिने जानकारी दिए। बगालेले ४.० सिजिपिए प्राप्त गरेका छन्।
यस्तै इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबिए तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने प्रतीक्षा रिजालले प्राप्त गरेका छन्। उनले ३.९२ अङ्क प्राप्त गरेकी छन्।
यस्तै अङ्ग्रेजी केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट ३.९४ अङ्क ल्याएका स्वर्णिमराज लम्सालले नरेन्द्रमणि आचार्य दीक्षित स्वर्ण पदक र मोहनप्रसाद लाखे स्वर्ण पदक पाए। उनले ती पदक अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहमा सर्वप्रथम भए बापत प्राप्त गरेका हुन्।
यसैगरी अर्थशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पसमा अध्ययनरत नरेन्द्रराज पनेरुले तारापद चौधरी पदक, खगेन्द्रमानसिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन्। उनले स्नातकोत्तर तहमा अर्थशास्त्र विषयमा ३.८५ सिजिपिए ल्याई सर्वप्रथम गरेका थिए।
यसैगरी रसायनशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह (एमएस्सी) मा सर्वप्रथम भएका रामलाल भुसालले अमृत पदक र पिएम सिंह पदक पाए। समारोहमा व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह (एमबिएस) परीक्षामा सर्वप्रथम भएका पूजा भट्टराईले नेपाल बैंक लिमिटेड खरदार गुञ्जमानसिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएका छन्।
यस्तै राजनीतिशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट राजनीतिशास्त्रमा एमए गरेका चक्र बमले ललित चन्द पदक र बडाकाजी मरिचमानसिंह पदक पाएका छन्।