राष्ट्रपतिको भूमिकाले कोत पर्वको सम्झना गरायोः पशुपति शमशेर

राष्ट्रपतिको भूमिकाले कोत पर्वको सम्झना गरायोः पशुपति शमशेर
+
-

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेचको शिकार भएको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण संविधान विपरितका कामहरु भएको बताए।

उनले राष्ट्रपतिले निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए। अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम अगाडि बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताए।

उनले भने, ‘गैरसंवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधान विपरित संसदको मर्म र भावना विपरित, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद विघटनको प्रस्ताव गर्नुभयो।’

राप्रपाले यसअघि नै पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरेको छ। राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्ने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुनेगरी निर्वाचनको मिति घोषणा गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सो घोषणा गरेकी थिइन्। उक्त कदमको चौतर्फी विरोध भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष