एशियन टाउनस्केप अवार्डबाट मध्यपुर थिमि नगरपालिका पुरस्कृत

एशियन टाउनस्केप अवार्डबाट मध्यपुर थिमि नगरपालिका पुरस्कृत
+
-

काठमाडौँ– ऐतिहासिक तथा साँस्कृतिक सम्पदा पुननिर्माणमा काम गरेबापत मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको छ।

शहरी क्षेत्रको विकासमा सक्रिय युएन हेबिट्याटका एशिया प्यासेफिक क्षेत्रीय कार्यालयले गएको अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै यो अवार्ड प्रदान गरेको हो।

यो कार्यक्रममा एशियाका १२ देशका विभिन्न शहरले यो अवार्ड प्राप्त गरेको छ। जसमा दक्षिण कोरियामा ४, जापानको ३, चिनका २, थाइल्याण्ड, मलेसिया तथा नेपालको एकएक शहरले पुरस्कार प्राप्त गरेका छन्।

एशियाका स्थानीय सरकार, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञ लगायतको प्रतिस्पर्धा रहेको थियो।

‘१३२ ओटा शहरमध्ये १२ ओटाले जितेका छन्। हामीचाँही सँस्कृतिक र सम्पदा संरक्षण अन्तर्गत विजयी भएका रहेछौँ।’ मध्यपुर ठीमिका मेयर मदन सुन्दर श्रेष्ठले देश सञ्चारसँग भने, ‘हामीले सम्पदा निर्माणको काम छिटो छिटो गरेका थियौँ, त्यसको परिणाम पनि छिट्टै नै देखियो। त्यसैको सम्मान हो जस्तो मलाई लाग्छ।’

श्रेष्ठका अनुसार ५ वटा पोखारी, ९ वटो ठूला मन्दिर, २० वटा ढुंगेधारा, २५ वटा पाटी पौवा, २ वटा पार्क बनेका छन्। पार्क बनेका स्थान फोहोर फाल्ने ठाउँ थिए। यो काम सफल गर्न र सम्मानित हुन नगरपालिकाका कर्मचारी र विषेशगरी उपभोक्ता समितहरुको मेहनत रहेको शाक्यले बताए।

‘हाम्रो कामलाई मिडियाले पनि प्राथमिकताका साथ कभर गरिदिएकोले पनि कामको मूल्यांकन भयो।’ उनी भन्छन्, ‘मलाई धेरै उत्साहित बनाएको छ, जिम्मेवारी बोध भएको छ, मलाई अझ धेरै काम गर्ने प्रेरणा थपेको छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष