काठमाडौँको सुरक्षा व्यवस्था कडा

काठमाडौँको सुरक्षा व्यवस्था कडा
+
-

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ ।

काठमाडौँको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दी सहितका प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ ।

नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।

काठमाडौँको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष