कलैयाबाट ३ लाख १४ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

कलैयाबाट ३ लाख १४ हजार नगदसहित ५ जना जुवाडे पक्राउ
+
-

पर्सा-जुवा खेल्ने ५ जना जुवाडेलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जुवा खेलिरहेको अवस्गामा ५ जना जुवाडेलाई कलैया उप महानगरपालिका ४ हजारी मार्केट स्थित शाह गेष्ट हाउसबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षीय भोला पटेल,वडा नम्बर १ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार,.६ बस्ने ४५ वर्षीय राजकिशोर साह,२७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी र महागढीमाई नगरपालिका १ बस्ने ५५ वर्षीय पारस चौधरी रहेका छन्।

जुवा खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गेष्ट हाउस खानतलाशी गर्दा २०२ नम्बर कोठा भित्र कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।

जुवा खालबाट नगद रु.३ लाख १४ हजार ३ सय ५७ नगद र १६ थान कौडा समेत बरामद गरिएको मिश्रले बताए। पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष