संसद विघटन गरेको भन्‍दै जनकपुरधाममा जसपाद्वारा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन

+
-

जनकपुरधाम-प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा जनता सामाजवादी पार्टीले जनकपुरधाममा प्रदर्शन गरेको छ।

देशव्यापी प्रर्दशन गर्ने पुर्व निर्धारित कार्यक्रम अनुसार जसपाले प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाममा विरोध प्रर्दशन गरेको छ।

प्रधानमन्त्री ओलीले संघीय संसद विघटन गरेपछि उनको यस कदमको देशव्यापी रुपमा प्रर्दशन भएको छ। जनकपुरधाममा जसपाका नेता तथा कार्यकर्ताहरुले र्‍याली निकाल्दै प्रधानमन्त्री तथा राष्ट्रपतिको विरोधमा प्रदर्शन गरेका छन्।

जनकपुरधामको जनक चौकबाट सयौं नेता कार्यकर्ताहरु नगर परिक्रमा गर्दै पुनः जनक चौकमै पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो।

र्‍यालीमा जसपाका विभिन्न भातृ संघ संगठनका प्रतिनिधि, जिल्ला तथा प्रदेश स्तरका नेता र प्रदेश सभा तथा स्थानीय तह जनप्रतिनिधिहरुको उपस्थितिमा गरिएको प्रदर्शनमा प्रधामन्त्री ओली मुर्दाबाद, राष्ट्रपति मुर्दाबाद, संसद विघटनको अलोकतान्त्रिक गैरसंवैधानिक कदम खारिज गर र प्रम ओलीको निरकुंशता विरुद्ध लोकतान्त्रिक शक्तिहरु एकजुट होऔ लगायतका नारा लगाएका थिए।

कोण सभामा जसपाका नेताहरुले प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद विघटन गरेर निरकुंशता प्रवृति देखाएको बताए। झण्डै दुई तिहाई बाट बनेको सरकार आन्तरिक विवादको कारण संसद विघटन गरेकोले आफूहरु सडकमा आएको वक्ताहरुले बताएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष