कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने
+
-

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बिहीबार बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जारी बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।

केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बिहीबारको बैठकले देशव्यापी विरोध प्रदर्शनबारे ठोस निर्णय लिने उनले बताएका छन् ।

बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष