इथियोपियामा सशस्त्र समूहको आक्रमण, १०० जना भन्दा धेरैको मृत्यु

इथियोपियामा सशस्त्र समूहको आक्रमण, १०० जना भन्दा धेरैको मृत्यु
+
-

अफ्रिकी देश इथियोपियाको पश्चिमी क्षेत्रमा अपरिचित आक्रमणकारीले एक सय जना भन्दा धेरैको हत्या गरेका छन् ।

इथियोपियाको बेनिशान्गुल–गुमुज क्षेत्रमा बुधबार आक्रमण भएको र त्यसमा १०० जना भन्दा बढिको ज्यान गएको त्यहाँको मानवअधिकार आयोगले जनाएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा कार्यरत नर्सका अनुसार सो आक्रमणमा ३० जना भन्दा बढि भाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।

केहीमाथि गोली प्रहार भएको र अरुलाई चक्कुसहितका धारिलो हतियारले आक्रमण भएको ती नर्सले बताएकी छन् ।

प्रधानमन्त्री एबी अहमदले सो क्षेत्रको भ्रमण गरेको भोलिपल्ट आक्रमण भएको हो ।

बेबोजी नाम गरेको गाउँमा आक्रमण भएको इथियोपियाको मानवअधिकार आयोगले जनाएको छ । सो क्षेत्रमा विभिन्न आदिवासी समुदायको बसोबास छ ।

मानवअधिकार आयोगले भनेको छ, ‘हतियारधारीहरुको आक्रमणबाट १०० जना भन्दा धेरैको ज्यान गएको छ ।’

शान्ति विरोधी तत्वले आक्रमण गरेको राज्य सरकारका प्रवक्ताले बताएका छन् ।

पछिल्ला महिनाहरुमा सो क्षेत्रमा आदिवासी समुदायसँग जोडिएका हिंसा बढेका छन् । सोही विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री त्यहाँ गएका थिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष