
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समिति बैठक बबरमहलमा सुरु भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने छन् ।
प्रचण्डले ४० पृष्ठ लामो जवाफी पत्र तयार पारेका छन् र सो पत्र छलफलका लागि बैठकमा पेश हुँदैछ ।
बैठकले पार्टीको महासचिव समेत चयन गर्ने तयारी गरेको जनाइएको छ । यसअघि बुधबार बसेको नेकपा संसदीय दलको बैठकले दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई निर्वाचित गरेको थियो ।