
जनकपुरधाम-जनकपुरधाम स्थित रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलगी हुँदा अढाइ करोडको क्षति भएको छ।
बिहिबार बिहान करिब ११ बजे धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचौक स्थित डिपार्टमेन्ट स्टोरमा विधुत करेन्ट सर्टभई आगलगी हुँदा अन्दाजी अढाई करोडको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीषक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
डिपार्टमेन्टका सञ्चालक जनकपुरधाम ४ का हरीकान्त मिश्रले जनकपुरधामको बारुण यन्त्र समयमा आएदिएको भए कमी क्षति हुनेथ्यो बताए।
उनले भने, ‘डिपार्टमेन्टमा आगो लागेपछि उपमहानगरमा फोन गर्दा बारुण यन्त्र बिग्रेको बताए । त्यसपछि प्रदेश सांसद रामअशिष यादवलाई फोन गरेपछि विभिन्न स्थानबाट बारुण यन्त्र आयो।’ उनले अगाडी भने, ‘डिपार्टमेन्ट स्टोरबाट करिब २ सय मिटरको दुरीमा उपमहानगरपालिकाको कार्यालय रहेपनि त्यहाँबाट कुनै सहयोग भएन् ।’
डिपार्टमेन्ट स्टोरमा विद्युतिय करेन्ट सर्ट भई आगलगी हुँदा डिपार्टमेन्ट भित्र रहेको कस्मेटिक, ईलेकट्रोनिक, किराना समान र तयारी रेडिमेट कपडा जलेर नष्ट भएको छ । उक्त आगोलाई निभाउन जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र नआएपछि धनुषाको धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एयरपोर्ट, महात्तरीको जलेश्वर लगायतका स्थानबाट ६ वटा बारुण यन्त्र आएको थियो।
आगो नियन्त्रण गर्न नेपाल प्रहरीका १३५, सशस्त्र प्रहरीका ३५, नेपाली सेनाका २५ जना गरी १९५ जना सुरक्षाकर्मी खटेका थिए भने स्थानियहरुको सहयोगमा करिब १ बजेको समयमा आगो नियन्त्रणमा आएको थियो।
यता उपमहानगरपालिकाको विरोधमा व्यापारीहरुका संगठन चेम्बर अफ कमर्शले विरोध प्रदर्शन गरेका छन् । चेम्बरका बरिष्ठ उपाध्यक्ष सरोज मिश्रले करोडौँको गाडीमा मेयर चढेपनि अति आवश्यक बारुण यन्त्र जस्तो अति समबेदनशिल गाडी नराख्नु दुर्भाग्यपुर्ण रहेको बताए। तिनीहरु उपमहानगरको कार्यालयको अगाडी मेयर लालकिशोर साहको विरुद्ध प्रदर्शन गरेका थिए ।
जनकपुरधाम उपमहानगरमा बारुण यन्त्र नभएपछि आगो लागेको झण्डै ४० मिनटपछि जनकपुर विमानस्थलबाट बारुण यन्त्र आएको थियो।