कोलम्बीयामा पत्रकारको गोली हानी हत्या

कोलम्बीयामा पत्रकारको गोली हानी हत्या
+
-

बोगोटा-संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ।

सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो ।

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरुसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताएका छन्उ। मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन्।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए । गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताएका थिए।

कोलम्बीयाका लागि राष्ट्रसंघीय मानव अधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भत्र्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष