
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गठन गरेको संवैधानिक इजलाशप्रति वकिलहरुले आपत्ति जनाएका छन् ।
रिट निवेदक वकिल दिनेश त्रिपाठीले इजलाश गठन विगतको परम्परा अनुसार नभएको बताए ।
इजलाशमा त्रिपाठीसहितका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणा र उनीहरुबिच केहीबेर सवाल जवाफ भयो ।
सवाल जवाफको क्रममा प्रधानन्यायाधीश राणाले भने, ‘हामी सबैले छोड्यौँ भने कसले मुद्दा हेर्छ ? तपाईँहरु जस्तो वरिष्ठ कानून व्यवसायीले यस्तो कुरा भन्न सुहाउँदैन । इजलाश गठन भइसक्यो । अब सोही अनुसार बहस अघि बढ्छ ।’
रिटहरुको सुनुवाईका लागि तय भएको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेको पेशी तोकिएको हो ।