वामपन्थी नेता स्वनाम साथीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

वामपन्थी नेता स्वनाम साथीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ वामपन्थी नेता स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेलका अनुसार स्वनामको शुक्रबार राति निधन भएको हो । ७० वर्षका उनको मोडल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

निमोनियासँगै कोरोना संक्रमण भए पनि उनी यसअघि नै कोरोना संक्रमणमुक्त भइसकेका थिए ।

पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका स्वनाम वामपन्थी आन्दोलनको सम्मानित नाम हो ।

प्रचण्डले वक्तव्य जारी गरेर कम्युनिष्ट आन्दोलनमा उनको योगदानको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘कमरेड स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०३३ सालमा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भयो । २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उहाँले किसान आन्दोलन चलाउनुभयो । कमरेड शेरचनको आदर्शपूर्ण पक्ष नै आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो । उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन्।’

प्रचण्डले अघि लेखेका छन्, ‘हाम्रो पार्टी कमरेड स्वनाम साथीप्रति क्रान्तिकारी अभिवादनसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष