
सिमकोट– प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासनपछि दाहाल–नेपाल समूह छाडेर ओलीको कित्तामा उभिएका नेकपाका केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामा फेरि दाहाल–नेपाल खेमामै फर्किएका छन्।
लामाले एक विज्ञप्ति जारी गर्दै आफू दाहाल–नेपाल पक्षमै फर्किएको बताएका हुन्। जिल्लाका नेता कार्यकर्ताको साथ नपाएपछि उनी पुरानै खेमामा फर्किएका हुन्।
उनी २०७४ सालमा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए। लामाले उक्त निर्वाचनमा वाम गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। जितपछि उनी नेकपामै मिसिएका थिए।