
काठमाडौँ – काठमाडौँको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट धोबी खोलामा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ ।
बा २६ प ४०२१ नम्बरको मोटरसाइकल धोबी खोलामा खस्दा चालक सिन्धुलीको दुधौली–५ का २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी कपन बस्दै आएका थिए। शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।